प्रधानमन्त्री प्रचण्डद्धारा फिल्म महोत्सवलाई सघाउने आश्वासन

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म फेस्टिभललाई सघाउन सरकार तयार रहेको बताउनुभएको छ ।
आज बुधबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का प्रतिनिधिहरुलाई बालुवाटारमा भेट्दै उहाँले फेस्टिभलको माध्यमबाट फिल्म पर्यटनको विकास हुने बताउनुभयो ।

मुलुकमा धेरैभन्दा धेरै फिल्म महोत्सव आयोजना हुनुपर्ने आवश्यकता रहेको बताउदै सिनेमा टुरिजममा फिल्म फेस्टिभलको महत्वबारे चर्चा गर्नुभयो ।

महोत्सव प्रमुख केपी पाठकले प्रधानमन्त्रीलाई फेस्टिभलको प्रमुख अतिथिको निम्तो समेत दिएको जानकारी दिनुभयो ।

चैत २ देखि ६ गतेसम्म काठमाडौंमा ‘विश्वभरका कथाहरुको उत्सव’ नारासहित हुने फेस्टिभल क्यूएफएक्सका काठमाडौं उपत्यकामा रहेका सिनेमा हलहरुमा आयोजना हुँदैछ ।
उक्त फेस्टिभलमा ३५ देशका ९६ फिल्म प्रदर्शन हुँदैछन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला