२०२४ को ओलम्पिक छनोटको खेल नेपालमा हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं ।
सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह “सी” को पहिलो चरणको खेल नेपालमा हुने भएको छ ।
नेपाल फुटबल संघ (एनफा)ले सो कुराको जानकारी दिएको हो ।

समूह “सी” मा प्यालेस्टाइनले नाम फिर्ता लिएसँगै तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम मात्र सहभागीता हुने भएको छ ।
आगामी चैत्र २० देखि चैत्र २८ गतेसम्म त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पहिलो चरणका छनोट खेलहरु संचालन हुने भएको हो ।

ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली रहेका छन् । सो टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।
नेपालले ओलम्पिक तयारी स्वरुप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला