प्रधानमन्त्रीद्धारा आगामाी वर्षदेखि खेलकुदमा बजेट बढाउने घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं । आगामाी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने भन्दै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गर्नुभएको छ ।

ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उहाँले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताउनुभएको हो ।

खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने बताउँदै प्रधानमन्त्री प्रचण्डले मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण भएको जानकारी दिनुभएको छ ।

उहाँले खेलकुदले राजनीतिकदेखि लिएर कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी पनि गर्नुभएको छ ।
त्यस्तै उहाँले देशका सबै प्रदेश र पालिकामा पनि खेल पूूर्वाधार निर्माण गर्ने सन्दर्भमा नीति, योजना र कार्यक्रमहरु बनाएको जानकारी समेत दिनुभएको छ ।
च्यासल रंगशाला उद्घाटनसँगै कलाकार एन्फा पदाधिकारीबीच खेल पनि भएको छ ।

उक्त रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला