प्रथम फ्लो फ्लो कप फुटवल प्रतियोगिता जारी, दोश्रो दिन चार खेल सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, फागुुन १६ ।
पोखरा १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटवल क्लवद्धारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता जारी रहेको छ ।

प्रतियोगितामा दोश्रो दिन चार खेल सम्पन्न भएको आयोजकले जनाएको छ । दोश्रो दिनको पहिलो खेलमा ढुुंगेसांघुु फुटवल क्लबले सिङदी लाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुुंगेसांघुु का जय गुरुङले निर्णयक गोल गर्नुभएको थियो ।
त्यसैगरी दोश्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३–० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमलपोखरीका सन्दीप गुरुङले २ र प्रदीप गुरुङले १ गोल गर्न सफल भएका थिए ।

त्यसैगरी तेश्रो खेलमा हाम्रो एफसीलाई कृष्ती एफसीले २–१ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा कृष्ती एफसीका योगेश क्षेत्री र मनोज गुरुङले समान १–१ गोल गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल रहे भने हाम्रो एफसीका अनिस श्रेष्ठले सान्तवना गोल गर्नुभएको थियो ।
अन्तिम खेलमा गन्नी ब्लूूले निकुु एफसीलाई ७–२ गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा गन्नी ब्लूूको तर्फबाट गनेश क्षेत्री (गन्नी) ले ६ गोल र हेमन्त तामाङले १ गोल गर्न सफल रहे भने निकुको तर्फबाट प्रयास गुरुङले २ गोल गर्नुभएको थियोे ।

प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २ लाख एघार हजार १ सय ११ रुपैया प्रदान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष क्षेत्रीले उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला