रामचन्द्रको क्षेत्रमा गोविन्द भट्टराई उम्मेदवार, देउवाद्धारा जितको शुभकामना

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेससहित ८ दलीय गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार बनेसँगै उहाँको निर्वाचन क्षेत्र खाली हुने भएको छ ।
नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ १ मा उपनिर्वाचन हुनेछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गर्नुभएको छ ।

आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही जानुभएको थियो । आज सोमबार बिहान सभापतिसँग भएको छलफलमा देउवाको बोली उधृत गर्दै भट्टराईले भन्नुभयो , ‘तनहुँ (१ मा उपनिर्वाचनमा जितेर आउनुपर्छ ।’

पुरानो गठबन्धन भत्किएर ट्रयाक बाहिर जान खोजेको राजनीतिलाई सही स्थानमा ल्याउन सकेकोमा आफूले सभापतिलाई धन्यवाद दिएको भट्टराईले बताउनुभयो ।

भट्टराईले पौडेललाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेर पार्टीभित्र र बाहिर सकरात्मक सन्देश प्रवाह भएको सभापतिलाई सुनाएको बताउनुभयो । सभापतिसँग भेटका लागि समय मागेर गएको उहाँले सुनाउनुभयो ।

तनहुँ १ मा भट्टराई उम्मेदवार प्रत्यक्षतर्फ सिफारिस हुनुभएको थियो । पौडेल नै उम्मेदवार हुने भएपछि भट्टराईले टिकट पाउन सक्नुभएको थिएन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला