पोखरामा मेवन कन्सल्टेन्सीको शाखा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । मेवन कन्सल्टेन्सीले पोखरामा शाखा खोलेको छ । बिहीबारबाट पोखराको न्यूरोड महानगरपालिकाको कार्यालयको नजिकै शाखा सुरुआत गरिएको हो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शाखा उद्घाटन गर्दै विदेशमा पढेर त्यहाँ आर्जन गरेको ज्ञान, सीप नेपालमा आएर प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीले विदेशमा पढ्नमात्र नभई त्यहाँका मानिसको सभ्यतासमेत सिकेर आउनुपर्ने उल्लेख गर्नुभयो ।
अस्ट्रेलियामा केन्द्रीय कार्यालयमा रहेको मेवनका नेपालमा अब काठमाडौं, झापा र पोखरा गरी ३ ठाउँमा शाखा भएका छन् ।
पोखरा शाखाकी म्यानेजिङ डाइरेक्टर भावना पोखरेलले मेवनले १३ देशमा रहेका शाखाबाट विद्यार्थीलाई परामर्श दिँदै आएको र उच्च शिक्षाका लागि युएसए, अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा दिने उद्देश्यसहित शाखा सञ्चालनमा आएको बताउनुभयो । उहाँले ‘शैक्षिक परामर्शका क्षेत्रमा रहेका विकृति, विसंगतिभन्दा अलग रहेर नयाँ तौरतरिकाले परामर्श दिने प्रतिबद्धताका साथ हामीले पोखरामा शाखा सञ्चालनमा ल्याएका हौं,’ भन्नुभयो ।
समारोहमा सहभागी विद्यार्थीलाई मेवनका प्रबन्ध निर्देशक अनिल त्वाना बसुले प्रशिक्षण दिदै उहाँले विद्यार्थीलाई करियरको विकासमा केन्द्रित हुन आग्रह गर्नुभयो । ‘करियर डेभलभमेन्ट कसरी गर्न सिकिन्छ, हाम्रो कन्सल्टेन्सीबाट यसबारे पूर्ण जानकारी दिएर विद्यार्थीलाई अगाडिको अध्ययनका लागि प्रोसेस गछौं,’ अनिलले भन्नुभयो, ‘हाम्रो कन्सल्टेन्सीबाट विदेश पुगिसकेपछि कुनै सहयोग चाहिँदा हामी सेवा गर्न तत्पर हुनेछौं ।’
प्रबन्ध निर्देशक अनिलले विद्यार्थीको आर्थिक अवस्था मध्यनजर गरी चाहेको कलेजमा पढ्ने वातावरण मिलाइने उल्लेख गर्नुभयोे । मावेनका भलिबल, फुटबल र क्रिकेट क्लब छन् । यसले खेलकुदमा रुचि भएका विद्यार्थीलाई अझ सहयोग हुने उहाँको ठम्याइ छ ।
शाखा सुरुआतकै दिनमा १ सय ३० विद्यार्थी र अभिभावकले अफिस भिजिट गरी सेवाबारे जानकारी लिएका छन् । बिहीबार अफिस भिजिट गर्नेलाई प्रोसेसिङ शुल्कमा छुट दिइएको कम्पनीले जनाएको छ । कन्सल्टेन्सीले अनलाइन आएल्स, पिटिइ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला