१३ वर्षमा दर्शन सहकारी तथा ऋण सहकारी संस्था लि.

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखरा १३ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले १३ औं स्थापना दिवस आज (आईतबार) एक कार्यक्रमका बीच मनाएको हो ।

कार्यक्रमको उद्घाटन कास्की जिल्लाका सहायक जिल्ला अधिकारी अनिल कुमार शाहिले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शाहिले सहकारी गौरब लाग्दो र राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउदैं कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी बहन गर्न अनुरोध गर्नुभयो । शाहिले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिनुभयो ।

ठकुरी महासघंका केन्द्रिय अध्यक्ष तथा दर्शन सहकारी सस्थापक अध्यक्ष खिम बहादुर शाहिले ठकुरीले छरिएर रहेको पुजिलाई एकिकृत गर्दै लैजाने सोचले सहकारीको स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा संस्था सल्लाहकार खड्ग बहादुर शाहि, ठकुरी संगम परिवार कास्कीका बरिष्ठ उपाध्यक्ष याम बहादुर हमाल, सस्थांपक प्रबन्धक रबिन्द्र बिक्रम चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका सस्थांपक प्रबन्धक रबिन्द्र बिक्रम चन्दलाई सम्मानका साथै बिदाई पनि गरिएको थियो ।
दर्शन सहकारी संस्थाका अध्यक्ष बिष्णु कुमारी उच्चैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजाराम शाहि र सचिव ज्योती हमालले सञ्चालन गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला