प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिद्धारा पद तथा गोपनीयताको शपथग्रहण, संगीत तथा नाट्य प्रतिष्ठानमा पहिलोपटक महिला कुलपति

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति र प्राज्ञ नियुक्त गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको सिफारिसमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारदमणि हार्तम्छाली, उपकुलपतिमा लालकाजी लामा, सदस्य सचिवमा देवेन्द्र थुम्केली, परिषद् सदस्यहरुमा सञ्जय बान्तवा, पाल्साध्र्मो लामा, सौरगंगा दर्शनधारी, प्रदीप अधिकारी, दिनेश्वर महतो र अरुणा हिङ्गमाङ्ग, प्राज्ञसभा सदस्यहरुमा नरेन्द्रप्रसाद भण्डारी, लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, वासुदेव श्रेष्ठ, प्रदीप शाक्य, सुन्दर सिंखवाल, निरिमाया लामा, चन्द्रकुमार राई, महेन्द्र सुनार, राधिका कँडेल, अजमत अली, जुपिटर प्रधान र कृष्णप्रसाद शाह नियुक्त भएका छन्।

त्यसैगरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा रंगकर्मी निशा शर्मा पोखरेल नियुक्त हुनुभएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पहिलो पटक महिलालाई नियुक्त गरिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा शम्भु राई , सदस्य सचिवमा कुष्मा महरा प्रगति प्राज्ञ परिषद् सदस्यहरुमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनकुमार मगर, टीका पुन र चेतन सापकोटा, प्राज्ञसभा सदस्यहरुमा राधा राई, पुरु लम्साल, विनितकुमार ठाकुर, सुरथ विष्ट, महेश्वर सुनार, कमलमणि नेपाल, दिलबन्धु यादव, कला राई, शान्ति कठायत, हरिप्रसाद पौडेल, सुरोजकुमार मादेन, टीकाराम राई, विष्णु मोक्तान, देवकुमार चौधरी र भीषण मुकारुध्र राई नियुक्त भएका छन्।

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भुपाल राई, उपकुलपतिमा विमल निभा, सदस्य सचिव डा. धनप्रसाद सुवेदी, परिषद् सदस्यहरुमा डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुध्र, बाबा बस्नेत, डा. कौशिला रिसाल, हंसावती कुर्मी, अमर न्यौपाने र त्रैलोक्यमान बनेपाली, प्राज्ञसभा सदस्यहरुमा डा. सूर्यप्रसाद यादव, डा. बालाकृष्ण अधिकारी, धर्मेश पोखरेल, चेतनाथ धमला, शशीराम कार्की, सुमित्रा राई, रामहरि श्रेष्ठ, प्रकाश तिवारी, पञ्चकुमारी दर्जी, नारायणप्रसाद मरासिनी, डा. खेमराज खनाल, दुर्गानारायण ढकाल, जनकराज कापडी रसिक, मुनाराज शेर्मा, डा। कृष्णराज चौधरी, डा. विष्णुकुमार सिञ्जाली, विप्लव ढकाल, नवीन जिरेल, ईश्वर बुढाथोकी, डा. भागवत आचार्य, महानन्द ढकाल, दिलेन्द्र सुब्बा, डा. तारामणि राई र उपेन्द्र सहनी नियुक्त भएका छन्।

तीनै प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला