पोखरा । पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले दोश्रो पटक जित्नुभएको छ । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १७ औं संस्करणको पोखरा म्याराथन (४२।१९५ किलोमिटर)को दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै दोश्रो पटक जित्नुभएको हो ।
उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्नुभएको थियो ।
केन्याका धावक जुलियस ओहोमे दोस्रो हुनुभएको छ । उहाँले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गर्नुभएको थियो । २ घण्टा २५ मिनेट १४ सेकण्डमा पुरा गर्दै नेपाल आर्मीका होमलाल श्रेष्ठ तृतीय हुँदा केन्याकै सिमोन किप्लागतले चौथों हुनुभयो ।
उहाँलाई उक्त दुरी पुरा गर्न २ घण्टा २९ मिनेट ३५ सेकेण्ड लागेको थियो । उहाँहरुले पुरस्कार स्वरुप क्रमश ३ लाख, २ लाख र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
यस्तै हाफ म्यारथन २१ ९किलोमिटर०तर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम हुनुभयो । उहाँले किलोमिटरको निर्धारित दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्नुभयो । एपिएफकी बृन्दा थानुके श्रेष्ठ द्वितियहुनुभयो। उहाँले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा हाफ म्याराथुन पार गर्नुभयो ।
१ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तृतिय र नेपाल पुलिस क्लवकी रेखा विष्टले १ घण्टा ३२ मिनेट ४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथों हुनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय, सान्तवना भएका उहाँहरुले पुरस्कार स्वरुप क्रमश एक लाख ५० हजार , एक लाख, ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्राप्त गर्नुभयो ।