पोखरा–२८ को सेवा केन्द्र माझठानामा बिस्तार गरिने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ को पहिलो बैठकले माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको छ ।
नव निर्वाचित वडा अध्यक्ष श्रीकृष्ण लामिछाने सहित सदस्यले पदभार ग्रहण गर्दै एकिकृत सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको हो ।
पदभार कार्यक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठुलो र यातायतको समेत उपलब्ध हुन गारो रहेको हुनाले कम्तिमा पनि हप्ताको दूई दिन सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरिएको बताउदै सामाजिक सुरक्षा भत्ता वडा कार्यालयवाटै वितरण गर्ने र वडा भित्रका अत्ति अशक्त आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्तिलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गएिको बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष लामिछानेले पोखरा २८ का जनतालाई प्रत्यक्ष अनुभुति हुने खालका कामहरु गर्नको लागी आफु तयार रहेको बताउदै यसमा सवैको साथ र सयोगको अपेक्षा राखेको बताउनुभयो ।
पदभार कार्यक्रममा नेपाली कांग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसी निर्वतमान वडा अध्यक्ष निर्मल दियाली नेकपा एमाले पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारी नेपाली काग्रेसका युवा नेता राजेश अधिकारी नेकपा एस पोखरा २८ का अध्यक्ष केशवदास त्रिपाठी लगाएतले सफल कार्यकालको कामना गर्दे विभिन्न सुझाव दिएका थिए भने निर्वतमान वडा अध्यक्ष निर्मल दियालीले आफ्नो कार्यकाल सफल बनाउन महत्पुर्ण भुमिका खेल्ने पोखरा २८ बासी लगाएत कर्मचारीलाई धन्यवाद दिदै नव निर्वाचित वडा अध्यक्ष लगाएत सदस्यहरुको सफल कार्याकालको कामना गरेका थिए ।
पदभार कार्याक्रममा महिला वडा सदस्य डाल्डादेवि भुजेल दलित महिला सदस्य ईन्द्रकला विक, वडा सदस्यहरु कमल थापा, बिरेन्द्र भण्डारी र वडा सचिव अर्जुन प्रसाद सुवेदीको उपस्थिति रहेको थियो ।
वडा सचिव अर्जुन प्रसाद सुवेदीका अध्यक्षतामा भएको कार्याक्रममा स्वागत मन्तब्य ईन्जिनियर विमल आचार्यले गरेका थिए भने कार्यक्रम सन्चालन सहायक कर्मचारी माधव प्रसाद ढकालले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला