राष्ट्रपति पद नेकपा एमालेलाई दिन नहुने : अध्यक्ष नेपाल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ३ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई दिन नहुने बताउनुभएको छ ।

बुधबार समाजवादी प्रेस संगठनले पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभएको हो । उहाँले शक्ति सन्तुलनका हिसाबले पनि एमालेलाई राष्ट्रपति दिन नहुने बताउनुभयो ।

प्रतिनिधिसभाको सभामुख एमालेबाट, राष्ट्रियसभाको अध्यक्ष एमालेबाट भएकाले राष्ट्रपति अरू दलबाट हुनुपर्ने उहाँको भनाई थियो । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अब नेकपा एमालेले राष्ट्रपति पद पाए देश बर्बाद हुने बताउनुभयो ।

नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट समेत सुरु भएको बताउदैं देशलाई प्रतिगामी दिशामा जान नदिने र राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुने बताउनुभयो ।

नेपालले देश प्रतिगमनको दिशातर्फको यात्रामा लागेको पनि सङ्केत गर्दै उहाँले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला