चिल्ड्रेन नेपालको अद्घोषणकला तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । विगत लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन नेपालको आयोजनामा १ दिने अद्घोषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ ।
चिल्ड्रेन नेपाल अन्तर्गत बालबालिका , युवा तथा परिवार कल्याण शाखा प्रमुख शारदा शार्माले एस.इ.इ दिएर बसेका किशोर किशोरीको बोल्नेकलाको विकास गर्दै उनिहरुमा आत्माविश्वास जागृत होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक रेडियो सफलताका संयोजक संचारकर्मी मधु अधिकारीले विधार्थीहरुको उज्जवल भविष्यका लागि बोल्नेकला अपरिहार्य रहेको बताउनुभयो । उहाँले सिकेको कुरा व्यवाहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्दै पढाई संगै समाजिक कार्यमा अग्रसर भए नेतृत्व तथा बोल्नेकलामा आफै निखार आउदै जाने बताउनुभयो ।
चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले तालिमले सहभागी किशोर किशोरीको जीवनमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको संचालन तालिममा सहभागी प्रशिक्षार्थी कल्पना आसामीले गर्नुभयो । तालिममा २५ जना छात्र छात्रा सहभागी थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला