दोश्रो कालीमाटी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पुरा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । २७ औं जनयुद्ध दिवसको अवसर पारी दोश्रो कालीमाटी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ ।
कालीमाटी युवा क्लब पुतलिबजार नगरपालिका ३ कालीमाटी स्याङजाको आयोजनामा फागुन १ देखी ८ गते सम्म स्याङजाको मालेबगर खेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक कालीमाटी युवा क्लबका अध्यक्ष शक्ति थापा मगरले जनाउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद नेपालको मुख्य प्रायोजक, अखिल नेपाल खेलकुद महासंघ पुतलिबजार नगर कमिटिको सह आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोश्रो हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन । त्यसैगरी प्रतियोगितामा २८ टिमको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिताका फागुन १ गते सोमबार प्रतिनिधी सभा सदस्य राजु थापाले उद्घाटन गर्नुहुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला