पोखरा ९ का दलित महिलालाई साबुन वनाउने तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वडा स्तरिय दलित संजाल पोखरा ९ ले आफ्नो वडामा रहेका दलित महिलाहरुलाई साबुन वनाउने तालिम दिएको छ । तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चम्रकारले तालिममा सिकेको सिपले महिला दिदीबहिनीहरु स्वरोजगार वन्नु पर्ने वताउनुभएको थियो ।

कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, वडा सदस्य लक्ष्मी पहारी, निवर्तमान वडा सदस्य राममाया मानन्धर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

१० दिनसम्म संचालन रहेको तालिममा २३ जनाको सहभागिता रहेको थियो भने पोखरा औद्योगिक क्षेत्रमा रहेको गण्डकी साबुन उद्योगका संचालक हरि विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा कपडा र भाडा माझ्ने साबुन, फिनेल, हर्पिक वनाउने तालिम दिईएको थियो ।

प्रशिक्षार्थीहरु सिम्रन सुनाम र एलिना परियारले तालिमबाट धेरै कुरा सिकेको वताउँदै आफुहरुले मिलेर साबुन उद्योग संचालन गर्ने विषयमा छलफल गर्ने वताएका थिए ।

संजालका अध्यक्ष रामबहादुर वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जानकी परियार र संचालन सचिव सपना विकले गर्नुभएको थि ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला