महोत्सवले संस्कृती संरक्षणमा उत्कृष्ण भुमिका खेल्ने : धनराज आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखी सुरु भएको महोत्सवमा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महोत्सवले संस्कृती संरक्षणमा उत्कृष्ण भुमिका खेलेको बताउनुभएको छ ।
महोत्सवमा विभिन्न संस्कृतिक कार्यक्रमको अवलोकन गदै उहाँले यस्ता महोत्सवको आवस्यकता रहेको बताउनुभयो । पोखराको पञ्चासे र फेवाताल संंरक्षणमा पोखरा २३ को भुमिका उल्लेखनिय रहेको बताउनुभयो ।

पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले २३ नं वडा विकासमा पछी परेको गुनासो गदै पोखराको मुख्य सहरी क्षेत्रमा जस्तो विकास हुनुपर्ने पर्ने बताउदैं आगामी दिनमा सोही अनुसारको विकास योजना २३ मा राखिदिन आग्रह गर्नुभयो ।
महोत्सव २८ गते सम्म हुने छ । नौमती बाजा प्रतियोगितातर्फ ५ टिमको सहभागी भएका छन् । प्रथम लाई ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
नैमती बाजा प्रतियोगितामा सुन्धुली कला घरको टिमले भाग लिएको छ । उक्त टिममा सबै महिला कलाकारले बाजा बजाएका थिए । उनीहरुले ९ भन्दा बढी तालमा बाजा बजाएका थिए ।

भजन प्रतियोगितातर्फ ७ टिम सहभागी भएका छन् । प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
रत्यौलि प्रतियोगितातर्फ ९ टिम सहभागी रहेका छन् । प्रथमलाइ ३३ हजार ३ सय ३३ द्धितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । सबै विघाको प्रतियोगितामा सहभागी मध्य केहीको प्रस्तुती भएको छ ।


पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार रुपैयाँ तितृय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्धितिय हुनेलाई २ हजार रुपैयाँ तितृय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्धितिय हुनेलाई १ हजार ५ सय तितृय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।
झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला