साहित्यकार लक्ष्मण थापालाई नवनीतको सम्मान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । साहित्यकार लक्ष्मण थापालाई नवनित साहित्य सागरले शुक्रबार आफ्नो नियमित काव्य वाचन तथा श्रवण कार्यक्रमका २३८ औं श्रृङ्खलामा सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान पत्र, दोसल्लाले उहाँलाई सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले अविर लगाएर सम्मान गरेका थिए ।

छोरेपाटन माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुले पुष्पगुच्छा प्रदान गरी वधाई दिएका थिए ।
साहित्यकार थापा नवनीत साहित्य सागरका संस्थापक अध्यक्ष हुनुहुन्छ । साथै सोही विद्यालयका पुर्व प्रधानाध्यापक पनि हुनुहुन्छ । शिक्षण पेशा संगै साहित्यको विकासमा उहाँले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै संस्थाले सम्मान गरेको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेघनाथ पौडेलले स्वागत र कार्यक्रम संचालन सचिव सीता बरालले गरेकी थिईन भने सम्मानित ब्यक्तिको परिचय लक्ष्मी देबकोटाले दिनुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला