मित्रता सहकारीका सदस्यलाई बेतले बेकरीमा छुट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । बेतले बेकरीले श्री मित्रता सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध गराउने भएको छ । श्री मित्रता बहुद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध सदस्यहरुको सहुलियतलाई मध्यनगर गर्दै सहकारी र बेकरी बीच सहकारीमा आबद्ध सदस्यहरुलाई केक खरिदमा २० प्रतिशत छुट उपलब्ध गराउने सहमति भएको हो ।
हालै एक कार्यक्रमका बीच बेतले बेकरीका संचालक ईन प्रसाद घर्ती र श्री मित्रता बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जयन्ती मोक्तान बीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा सहकारीका अध्यक्ष जयन्ती मोक्तानले सहकारीमा आवद्ध सदसस्यहरुलाई लक्षित गरी बेतले बेकरी हाउस संग सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताउनुभयो । पछिल्लो समय हरेक शुभ कार्यमा केक काट्ने प्रचलन भएको वताउदै मोक्तानले बेकरी हाउस संगको सहकार्यले सहकारीका सदस्यहरुलाई सहुलियत दरमा केक उपलब्ध हुने वताउनुभयो ।
त्यस्तै बेतले बेकरी हाउसका संचालक ईन प्रसाद घर्तीले आफ्नो कम्पनीले सहकारी संग सहकार्य गर्न पाउदा खुसी लागेको वताउदै सहकारी संगको सहकार्यले आफ्नो उत्पादनलाई बजारीकरण गर्न थप टेवा पुग्ने वताउनुभयो ।

सहकारीका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले केकमा सहुलियत पाउनका लागी सहकारीमा आवद्ध भएको सदस्य कार्डको आवश्यक्ता पर्ने बताउदै सहकारीले ब्यवशायीहरु संग सहकार्य गरेर अगाडि वढ्ने समेत वताउनुभयो ।
त्यसैगरी सहकारीमा आवद्ध बाल बचत कर्ताहरुलाई जन्मदिनको उपलक्ष्यमा निशुल्क केक उपलब्ध गराउदै आइरहेको समेत श्रेष्ठले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला