स्ववियु चुनावसम्बन्धी त्रिविद्धारा निर्देशिका–२०७९ पारित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावसम्बन्धी निर्देशिका–२०७९ पारित गरेको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु चुनावसम्बन्धी निर्देशिका पारित गरेको बताउनुभएको छ ।

उहाँले दिएको जाकारी अनुसार निर्देशिकामा स्ववियु चुनावको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने भएको छ । स्ववियु कार्यतालिका चुनाव मितिभन्दा एक महिना अगाडि प्रकाशन गर्ने त्रिविले जनाएको छ ।

त्रिविले चुनाव कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अरुको हकमा कार्यतालिका प्रकाशित भएको मितिभन्दा दुई दिनअघिसम्म भर्ना भएका विद्यार्थी मात्र मतदाता नामावलीमा सहभागी हुने पाउने व्यवस्था गरेको छ ।

कुनै पनि तहको अन्तिम सेमेष्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी चुनावमा सहभागी हुन नपाउने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै निर्देशिकामा एक तहको अध्ययन सकेर उत्तीर्ण भइसकेपछि पुनः त्यही तह र विषयमा भर्ना भएका विद्यार्थी चुनावमा सहभागी हुन नपाइने उल्लेख छ । त्रिविले आउँदो चैत ५ गते देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव गर्दै छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला