तिन नेपाली खेलाडीले मोआथाई विश्व च्याम्पियनसीपमा राखे रेकर्ड

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौ, २४ माघ । डब्लुबीसी मोआथाईको विश्व च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले विश्वरेकर्ड राख्न सफल भएका छन् ।

मोआथाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिएका नेपाली गेन्जी राई, दिग्विजय राठौर र लालबहादुर तामाङ्गले रेकर्ड राख्न सफल भएका हुन् ।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई (३१ केजी), तामाङ (५३ केजी), र राठोरले (६३ केजी) तौलमा प्रतिस्पर्धा गरेका थिए । उहाँहरु तीनै जनाले रजत पदक प्राप्त गर्न सफल भएको सचिव दिपक तामाङले बताउनुभयो ।

थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला