रास्वपाका मन्त्रीहरुले राजीनामा दिएसँगै प्रधानमन्त्री प्रचण्डमाथी थपियो अझै दुई मन्त्रालयको कार्यभार

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको राजीनामापछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्य भार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोक्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले खाली भएका मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्रीलाई नै तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रास्वपाले आइतबार आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता बोलाएको थियो ।

फिर्ता बोलाईएका मन्त्रीहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका डोल प्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका शिशिर खनाल रहेका थिए । उहाँहरुले आइतबार बेलुकी प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला