सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ माघ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो ।

‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्न पर्छ, प्रमुख आचार्यले भन्नुभयो, त्यस कारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।” तर, बिम्बका हिसाबले पार्किङ व्यवस्थापनको अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।

पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको बेसमेन्टहरुलाई पार्किङका लागि उपयोग गरिने उहाँले बताउनुभयो । यस्तै मुख्य सडकको दायाँबायाँ रहेका खाली जग्गाहरूलाई समेत सम्बन्धित जग्गाधनीहरुसंगको समन्वय तथा सहकार्यमा नियमानुसार शुल्क लिने गरी पार्किङ कै लागि उपयोग गर्ने तयारीमा महानगर रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार पोखरा सभागृह र पोखरा प्रदर्शनी केन्द्रमा भने अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

पोखरा महानगरपालिका क्षेत्र भित्रको पार्किङलाई थप व्यवस्थित बनाउनका लागि सम्बन्धित सरोकारवालाहरुसंगको छलफल समेत जारी रहेको बताउँदै उहाँले कुनै पेसा व्यवसाय र वर्गलाई असर नपर्ने गरी पार्किङ व्यवस्थापन गरिने बताउनुभयो । पोखरा महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानहरूमा ५ सय बढी साना सवारीहरू र ४ सय बढी मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गर्न सक्ने क्षमता रहेको प्रमुख आचार्यले जानकारी दिनुभयो । विवरण अनुसार पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्र पुल–नयाँ बजार हुँदै पृथ्वी चोक सम्मको सडकमा २५० गाडी र ३५० मोटरसाइकलहरू पार्किङ गरेको पाइएको छ ।

‘‘सडकमा भइरहेको पार्किङको उपयुक्त विकल्प महानगरसँग छ, सडकमा जतिको सङ्ख्यामा सवारीसाधानहरु पार्किङ गरिएका छन्, त्यसको दोब्बर क्षमता महानगरले व्यवस्था गरेका स्थानमा छ, प्रमुख आचार्यले भन्नुभयो, तत्काल पार्किङ हटाउँदा व्यापार व्यवसायमा असर पर्छ कि भन्ने व्यवसायी साथीहरूको जुन किसिमको बुझाई, तर त्यसो हुँदैन ।” आफूहरू सडकको पार्किङ हटाइएको क्षेत्रमा नियमित चल्ने गरी सटल बसको समेत व्यवस्था गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । आवतजावत गर्नका लागि सम्बन्धित व्यवसायीहरुसंग सहकार्य गरी सटल बसको समेत व्यवस्था गरिनेछ ।

कार्यक्रममा पोखरा महानगरपालिका नेकपा एमाले दलकी नेता एवं वडा नं।१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले सडकमा हुने पार्किङ व्यवस्थापन गर्ने महानगरको अभियानमा साथ दिन सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सुन्दर पोखरा निर्माणको अभियान पोखरा ९ बाटै शुभारम्भ गरिएको बताउनुभयो । ‘‘सधैँ पोखरा कुरूप हुँदैन, अव पोखरा सुन्दर बन्छ, सुन्दर बनाउने अभियानको सुरुवात हो यो ।” उहाँले भन्नुभयो ।

सडकमा गरिने पार्किङका कारण बजार अस्तव्यस्त हुने र साँघुरा सडकका कारण सडक दुर्घटनाको जोखिम बढेपछि सडकको पार्किङ विस्थापन गर्न लागिएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला