राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं ।

नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । सो पदमा उहाँको मात्रै उम्मेदवारी परेको भन्दै आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उहाँ आज निर्विरोध निर्वाचित हुनु भएको हो ।
यस अघि उपाध्यक्ष शशीकला दाहालको ४ वर्षे कार्यकल २०७८ मा नै सकिएको थियो ।

अर्याल २०७८ माघमा मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनु भएको थियो । उहाँले २०६९ मा नेकपा एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला