राखेपले नवौं राष्ट्रिय खेलकुदमा विजय भएका खेलाडीका बैंक खातामा पठायो पूर्व घोषित नगद पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।

व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ लाख तथा समूहगततर्फ ५ सय ३६ स्वर्ण पदक विजेतालाई १५ हजारका दरले जम्मा ८० लाख ४० हजार गरी जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ स्वर्ण विजेतालाई भुक्तानी दिनु पर्नेमा प्राविधिक कारणले ३६ लाख २० हजार रुपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाएको राष्ट्रिय खेलकुद परिषदले जनाएको हो ।

खेलाडीहरुलाई आ–आफ्नो खातामा सीधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरुबाट भुक्तानी पठाउनु पर्ने भएकाले विवरण तयार गरी ‘एकाउन्ट डिटेल्स कन्फर्मेसन’ का लागि बैंकहरुमा पठाउदा खेलाडीहरुको बैंक विवरण फरक परेको तथा विभिन्न बैंकहरु मर्ज भएका कारण पुरस्कार रकम ट्रान्सफर गर्न कठिनाइ भएकाले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक मार्फत पहिलो चरणमा ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाइएको परिषदले जनाएको छ ।
बाँकी बैंकहरुबाट पठाउनु पर्ने खेलाडीको पुरस्कार यथाशाक्य रुजु गरी पठाउने प्रकृयामा रहेको उल्लेख गरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला