माघ २७ मा संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले ३ बजे सम्बोधन गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं ।

संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने हुनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले सो विषयको बारेमा जानकारी दिनुभएको हो ।

उहाँका अनुसार राष्ट्रपति भण्डारीले उक्त दिन संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने हुनुभएको छ ।

त्यस्तै प्रतिनिध सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीकोतर्फबाट खानेपानी मन्त्री अब्दुल खानले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश सदनसमक्ष पेस समेत गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला