स्थापना दिवसमा प्रेस चौतारीद्धारा स्टेशनरी बितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । प्रगतिशील पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरी मनाएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटि र कास्की शाखाले पनि संयुक्त रुपमा बालगृहमा आश्रित बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरी स्थापना दिवस मनाएको छ ।

केन्द्रीय कमिटीले रचनात्मक काम गरेर दिवस मनाउन निर्देश गरे अनुसार आइतबार पोखरा–१७ महतगौंडास्थित सृजना बालगृहमा संरक्षित १२ जना बालबालिकालाई १३ हजार मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरेका हुन् ।

विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रकारका कापी, कलम, सिसाकलम, रङ, ज्यामितिय बाकससहितका पाठ्यसामाग्री वितरण गरिएको हो ।
प्रमुख अतिथि प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष प्रेस स्वतन्त्रता सेनानि पुण्य पौडेलले चौतारीका सदस्यले आफ्नो स्थापना दिवसका अवसरमा बालगृहमा संरक्षित बालबालिकालाई शिक्षामा सहयोग पुग्ने गरी गरेको कार्य महान रहेको बताउदैं सानो काम भएपनि यसको सन्देश ठूलो रहेको उल्लेख गर्नुभयो ।

सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले पत्रकारले सामाजिक काममा सक्रियता देखाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बालगृह संयोजक सोमनाथ बरालले स्वागत एवं कास्की शाखा अध्यक्ष अर्जुन गिरीले कार्यक्रम माथि प्रकाश र सचिव रञ्जन अधिकारीले सञ्चालन गरेका थिए ।

संगठन केन्द्रीय सचिव एवं प्रदेश ईञ्चार्ज सुष्मा पौडेल, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रुद्र श्रीस मगर, पूर्व अध्यक्ष श्याम कुँवर, अग्रज दीपेन्द्र श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला