राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्यालको उम्मेदवारी दर्ता

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, २२ माघ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ ।
आज आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको हो ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल तथा खिमलाल देवकोटा समर्थक रहनुभएको छ ।

नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना छ ।

नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुने सम्भावना बढेको हो ।

नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले उपाध्यक्ष माओवादीलाई दिने विषयमा सहमति भएको बताउनुभयो ।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको हो । २०७० सालमा माओवादी प्रवेश गर्नुभएको अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँ २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो । अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बन्नुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला