राष्ट्रियसभा उपाध्यक्षका लागि आज दिउँसो मनोनयन दर्ता हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुने भएको छ । आज आइतबार दिउँसो १ देखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा मनोनयन दर्ता हुने भएको हो ।

मनोनयन दर्ता सकिने बित्तिकै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन हुने संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभएको छ ।

यसअघि राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएसँगै उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रियसभाका सदस्यहरुको कार्यकालका लागि २०७५ अषाढ ४ गते भएको गोलाप्रथामा उपाध्यक्ष दाहाललाई ४ वर्षे कार्यकालको चिठ्ठा परेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला