१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई कुमुदिनी होम्स र एनटिएचएमसीको सहयोग

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २० माघ ।
पोखरा म्याराथनलाई कुमुदिनी होम्स मावि र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)ले सहयोग गर्ने भएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने भएका हुन् ।

पोखरा ४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माविले छात्र÷छात्रा ५ किमि दौडको द्वितिय पुरस्कार स्वरुप १०÷१० हजारका दरले नगद २० हजारले सहयोग गर्ने विद्यालयका अध्यक्ष तथा शिक्षाप्रेमी अशोक पालिखेले जानकारी दिनुभयो ।

यसै गरी विगत साढे दुई दशक देखि पोखरामा होटल म्यानेजमेन्ट विषयमा अध्ययन अध्यापन हुँदै आएको एनटिएचएमसीले ५ किमि छात्र–छात्रा दौडतर्फ नगद पुरस्कार राशी रु १५–१५ हजार गरी ३० हजार सहयोग गर्ने भएको कलेजका अध्यक्ष पालिखेले बताउनुभयो ।

कुमुदिनी र एनटिएचएमसीले पुरस्कार राशीमा विगतमा जस्तै गरी सहयोग गर्ने भए पछि मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आभार व्यक्त गर्दै पोखरा म्याराथनमा सहयोगका लागि अघि आउनु शुखद भएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला