पोखरा १५ मा एमालेका तोरणबहादुर बानियाँको प्यानल नै विजयी

नगेन न्यूज
  • ख-
  • ख+

जेठ ८, पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मा नेकपा एमालेका तोरणबहादुर बानियाँको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षमा एमालेका बाँनिया नेपाली कांग्रेसका मीनबहादुर गिरीलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

एमालेका बानियाँले २३ सय ३८ मत प्राप्त हुँदा नेपाली कांग्रेसका गिरीलाई १७ सय २ मत प्राप्त भएको छ ।

वडा सदस्यमा आशिष भण्डारीले २३ सय ७९, बलराम पौडेलले २१ सय ८०, मन्दिरा परियारले २२ सय ९१ र सेतीमाया गुरुङले २३ सय मत प्राप्त गर्दै विजयी भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला