राष्ट्रपतिको फाल्गुन २५ मा र उप–राष्ट्रपतिको चैत्र ३ मा निर्वाचन हुने घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं ।

निर्वाचन आयोगले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । राष्ट्रपतिको निर्वाचन आगामी फाल्गुन २५ गते र उप–राष्ट्रपतिको निर्वाचन चैत्र ३ गते गर्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको निर्वाचन भएलगतै उप–राष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु हुने जानकारी दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिंदै छ । राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा चार दिनअघि निर्वाचन गर्न लागिएको हो । राष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुन्छ ।

त्यस्तै, उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते गर्ने निर्णय भएको पौडेलले बताउनुभयो । उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल आगामी चैत ४ गते सकिंदै छ । उपराष्ट्रपतिको कार्यकाल पनि पाँच वर्षको नै हुन्छ ।

राष्ट्रपति र उप–राष्ट्रपति दुवै पदको लागि निर्वाचन आयोगले ७ वटै प्रदेशमा मतदान गर्नेगरी आवश्यक तयारी गर्ने प्रयास गरेतापनि तत्काल त्यो सम्भव नदेखिएको भन्दै प्रवक्ता पौडेलले काठ्माण्डौंमा नै मतदान हुने बताउनुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला