गण्डकी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गाहा नियुक्त

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहा मगर गण्डकी प्रदेश सरकारको प्रवक्तामा नियुक्त हुनुभएको छ ।
यसअघि सरकारको प्रवक्तामा सीता कुमारी सुन्दास हुनुहुन्थ्यो ।

तर माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सञ्चार मन्त्री समेत रहनु भएका गाहाले प्रवक्ताको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

मन्त्री गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एकमात्र सांसद हुनुहुन्छ । संविधान सभा सदस्य समेत रहिसकेका उहाँ नवलपुर क्षेत्र नम्बर १ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।
पृथ्वी सुब्बा गुरुङ्ग समुह निकट मानिएका मन्त्री गाहाको नाम यसअघि अर्थ मन्त्रीका रुपमा चर्चामा चलेको थियो । तर उहाँलाई गुरुङ्ग समुहका निकट भएकै कारण मुख्य मन्त्री खगराज अधिकारीले महत्वपूर्ण मन्त्रालयबाट पन्छाएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको चर्चा पछिल्लो समय निकै चलेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला