हिसान फुटसल जिल्ला छनौट शुक्रबार देखी, उद्घाटन खेलमा मदरल्याण्ड र बालोदय भिड्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुक्रबार देखी शुरु हुदैछ ।
प्रतियागिताको टाइसिट बुधबार ड्र गरेको छ । टाइसिट अनुसार बुधबारको उद्घाटन खेल मदरल्याण्ड मावि र बालोदय मावि बिच हुनेछ । माघ ८ गते सम्म सञ्चालन हुने प्रतियोगितमा हिसानमा आवद्ध २९ टिमले सहभागीता जनाएका छन् ।

हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् ।

कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताउनुभयो ।
पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता हुने व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताउनुभयो । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उहाँको भनाई छ ।
सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्बल हो । गत वर्ष पोखरामा भएको राष्ट्रिय फुटसल लिग प्रतियोगितामा देशभरबाट चौथो स्थान हासिल गर्ने सफल भएको थियो ।
हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताउनुभयो । युवाहरुमा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकाहरुलाई यो अवसर हुने उहाँको भनाई छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला