१३९ औं लेखनाथ जन्मजयन्तीको मूल कार्यक्रममा विभिन्न पुरस्कार वितरण

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीको पोखरा २७ अर्चलेमा भएको मूल कार्यक्रममा विभिन्न पुरस्कार प्रदान गरिएका छन् ।

कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान लेखनाथ पत्रकार मञ्च लगायतका संस्थाद्धारा आयोजित लेखनाथको १३९ औं जन्मजयन्ती कार्यक्रममा साहित्य, शिक्षा, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुको साथै पुरस्कृत गरिएको हो।

यस क्षेत्रका कवि तथा साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमममा नेपाली भाषा विज्ञानमा विशेष योगदान पुर्याएका चुडामणि बन्धु लाई लेखनाथ साहित्य पुरस्कारद्धारा सम्मान गरिएको थियो ।
उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।
कुन्तीदेवी साहित्य पुरस्कारद्धारा साहित्यकार तथा लोक गायिका हरिदेवी कोइराला र लेखनाथ सांस्कृतिक पुरस्कारद्धारा वेदनाथ अधिकारीलाई सम्मान गरिएको थियो ।
उक्त पुरस्कारहरु पच्चीस हजार रुपैयाँ र सम्मन पत्र रहेका छन् ।

त्यस्तैगरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार सरिता तिमिल्सेना पंगेनीलाई लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको छ, उक्त पुरस्कारको राशि ११ हजार एक सय ११ रुपैयाँ र सम्मान पत्र रहेको छ ।

जन्मजयन्तीका अवसरमा उनका योगदानका बारेमा चर्चा गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व गृह तथा स्वास्थ्य मन्त्री खगराज अधिकारीले कवि शिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवि शिरोमणि लेखनाथ पौड्यालले प्रकृति, मानव जीवन, समाज र कलाको माधुर्यतालाई आफ्ना कविताहरूमा चित्रण गरेको बताए ।

साहित्यकार सरुभक्त श्रेष्ठले प्रकृतिको चित्रण र मनमोहक वर्णन त पौड्यालको काव्यशिल्पको मुटु नै भएको धारणा राखे ।

साहित्यकार तथा पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा कुशुमाकर न्यौपानेले १२ वर्षको उमेरमै कविता कोर्न थालेका लेखनाथलाई पोखराको मनोरम प्राकृतिक दृश्यले पनि कवित्व गुणमा ऊर्जा थपिदिएको बताए ।
साहित्यकार तथा लोक गायिका हरिदेवी कोइरालाले प्रकृतिको चित्रण गर्ने सन्दर्भमा कवि शिरोमणि लेखनाथ पौड्यालले सबै ऋतुहरूप्रति उच्च सम्मानको गाथा गाएको भनाई राखिन ।

त्यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ट छात्राछात्रालाई समेत प्रत्येक जन्मजयन्तीमा पुरस्कृत गरिँदै आइएको छ ।
उक्त कार्यक्रमको सभापतित्व लेखनाथ जन्मस्थल विकास समितिका कावा अध्यक्ष एवं साहित्यकार पदमराज ढकालले गर्नुभएको थियो ।
पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अघौं अर्चलेमा वसुन्धरादेवी र पं। दुर्गादत्तबाट भएको थियो । उनको वि।सं। २०२२ फाल्गुणमा शिवरात्रिका दिन ८१ वर्षको उमेरमा मृत्यु भएको थियो ।
साहित्यकार तथा समालोचक डा. रविलाल अधिकारीले लेखनाथका कृति निकै प्रसिद्ध र लोकप्रिय रहेको बताएका थिए ।
जन्मस्थल बिकास समितिका कार्यवाहक अध्यक्ष गोपिराज पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला