बर पिपलमा गाला डिनर विद लाईभ म्युजिक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

पोखराको लेकसाइडस्थित चर्चित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङ्गले जानकारी दिए ।

साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुल्नुभएकी गायिका रजनी राई र पोखरेलीमाझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने गुरुङ्गले बताए ।

‘आफ्नों जोडी अथवा परिवारसंगै साँगेतीक माहौलमा नयाँ वर्षको स्वागतका लागि यो कार्यक्रम आयोजना गरेका हौं’–गुरुङ्गले भने ।
उक्त कार्यक्रमका लागि रिसोर्टले खानाका विशेष परिकारहरुको छुट्टै मेनु तयार पारेको उनको भनाई छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला