गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा ११ वटै जिल्लाको सहभागिता रहने, खेल पुस ६बाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, पौष ४ ।
गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा पुस ६ देखि १० गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा पहिलो प्रतियोगिता सञ्चालन हुने भएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहने गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीनकुमार गुरुङले आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, लमजुङ, नवलपुर, मनाङ र मुस्ताङ जिल्लाको सहभागिता छ । प्रतियोगिताको विजेताले रु दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी उपविजेताले नगद रु एक लाख तृतीय हुने टोलीले रु ५० हजार र चौथो स्थान हासिल गर्ने टोलीले रु २५ हजार पुरस्कार पाउने गण्डकी प्रदेश भलिबल सङ्घका महासचिव टहलसिंह थापामगरले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्दा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही रु १०र१० हजार प्राप्त गर्नेछन् । विभिन्न जिल्लाले प्रतियोगिताका लागि टोली छनोट गरिसकेको बताइन्छ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद् गण्डकी र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा भएको प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको महासचिव थापामगरले बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला