पूर्ण स्मृति पुरस्कारबाट भण्डारी, आचार्य र रिमाल सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

दुलेगौंडा, ४ पुष ।
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.का पुर्व अध्यक्ष स्वर्गीय पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित ‘पूर्ण स्मृति शुक्लागण्डकी एफ एम पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार विश्व बन्धु भण्डारी, पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. साहित्य सम्मानबाट साहित्यकार शेषमणि आचार्य र पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सामाजिक व्यक्तित्व सम्मानबाट समाजसेवी भक्त बहादुर रिमाल सम्मानित भएका छन् ।
रेडियोका तत्कालीन अध्यक्ष स्वर्गीय पूर्ण कुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम. सम्मान तथा पुरस्कार सोमवार दुलेगौंडामा प्रदान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, स्वर्गीय पुर्ण कुमार श्रेष्ठका श्रीमती निर्मला श्रेष्ठ र एफ.एम.का अध्यक्ष ज्योती श्रेष्ठले दोषल्ला, सम्मानपत्र र नगदले आचार्य र रिमाललाई सम्मान गरेका हुन् ।
कार्यक्रममा पत्रकारिता पुरस्कार बाट सम्मानित विश्ववन्धु भण्डारी पारिवारिक स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि उनका छोरा सुदिप बन्धु भण्डारी मार्फत पुरस्कार प्रदान गरिएको छ ।

४ दशकदेखि पत्रकारितामा क्रियाशिल विश्व बन्धु भण्डारी दमौलीबाट प्रकाशित हुने भञ्ज्याङ दैनिकको संस्थापक सम्पादक हुन् । प्रेस स्वतन्त्रता सेनानी भण्डारीले यसअघि पत्रकारिता क्षेत्रका ९ वटा पुरस्कार प्राप्त गरिसकेका छन् ।
साहित्यतर्फ सम्मानित शेषमणि आचार्यको रम्बास कविता संग्रह ‘डाली’, ‘मलाई एउटा बाासुरी देऊ’, ‘हामी’ लगायतका साहित्यिक कृति प्रकाशित छन् । समाजसेवातर्फ सम्मानित भक्त बहादुर रिमालले शुक्लागण्डकीको शिक्षा, स्वास्थ्य, सामाजिक तथा धार्मिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । तनहूँ जिल्ला स्तरीय पत्रकारिता र साहित्य पुरस्कारको राशी दश–दश हजार रुपैयाँ र शुक्लागण्डकी नगर स्तरीय सामाजिक व्यक्तित्व सम्मानको राशी नगद पाँच हजार रुपैयाँ रहेको छ ।

गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले पत्रकारिता, साहित्य र सामाजिक क्षेत्रका उदाहरणीय व्यक्तित्वलाई सम्मान गरेर शुक्लागण्डकी एफ.एमले नयाँ पुस्तामा प्रेरणा प्रदान गरेको बताए । सम्मान ग्रहण पछि बोल्दै साहित्यकार आचार्यले श्रेष्ठको निधनले शुक्लागण्डकीले एक असल अगुवा गुमाएको उल्लेख गरे । स्वर्गीय श्रेष्ठको कदर स्वरुप स्थापित पुरस्कारको पहिलो संस्करण प्रदान गरेकोमा गौरवान्वित महशुस भएको आचार्यको भनाई थियो ।
सम्मानित समाजसेवी भक्त बहादुर रिमालले सामाजिक क्रियाकलापमा सक्रिय मिलनसार स्वर्गीय पूर्ण कुमार श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै सेवामुलक काममा सक्रिय हुन पुरस्कारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का अध्यक्ष दीर्घबहादुर थापा, ६ का अध्यक्ष बुद्विबहादुर थापा, ७ का अध्यक्ष खड्ग सिं थापा, १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री लगायतले स्वर्गीय श्रेष्ठको योगदानको स्मरण गर्दै पुरस्कार तथा सम्मान कार्यक्रमले श्रेष्ठको स्मृतिलाई अमर राख्ने बताएका थिए ।

कार्यक्रममा सल्लाहकार आनन्द सुन्दर श्रेष्ठले साहित्य विधामा पुरस्कृत आचार्य, राजन रिमालले पत्रकारितातर्फका सम्मानित व्यक्ति भण्डारी र रघुनाथ पौडेलले सामाजिक सेवातर्फका सम्मानित रिमालको परिचयबारे प्रकाश पारेका थिए ।
सोहि अवसरमा उत्कृष्ट विज्ञापनदाताको रुपमा दुलेगौंडा सपिङ सेण्टरका सञ्चालक सन्दिप श्रेष्ठ, ओम एम आभुषण सुनचादी पसलका सञ्चालक मिन बहादुर सुनार, तनहुँ स्याङ्जा सुनचाँदी पसलका सञ्चालक नारायण सुनार र उत्कृष्ट स्रोताको रुपमा भिमाद–४ पिरुङकी खगि माया थापालाई सम्मान गरिएको थियो ।
रेडियोका अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल, पुरस्कार छनौट समितिका संयोजक नारायण श्रेष्ठ, समितिका उपाध्यक्ष सरस्वती सिग्देल, सचिव ऋषेश्वर भुवाई, शेयरधनी सदस्यकोतर्फबाट पूर्ण आले, स्टेसन मेनेजर राजन उपाध्याय लगायतले बोलेका थिए ।

शुक्लागण्डकी एफ.एम. को अध्यक्षमा ऋषेश्वर भुवाई
दुलेगौंडा, ४ पुष । तनहुँको दुलेगौंडामा रहेको तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा ऋषेश्वर भुवाई ‘ऋत’ु सर्वसम्मत निर्वाचित भएका छन् ।

रेडियोको शनिवार दुलेगौंडामा सम्पन्न सातौ वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनले भुवाईको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । भुवाई यसअघि सचिव थिए । समितिको निवर्तमान अध्यक्षमा ज्योती श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा शिव पौडेल, कोषाध्यक्षमा टिकाराम श्रेष्ठ र सहसचिवमा राजेन्द्र पौडेल चयन भए । सदस्यहरुमा शिव गर्तौला, विवेक वाग्ले, प्रविण श्रेष्ठ र विरेन्द्र कुमार श्रेष्ठ रहेका छत् । निर्वाचन समितिका संयोजक रघुनाथ पौडेल र सदस्यहरु राजन रिमाल र बुद्धि बहादुर थापाको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।
नवनिर्वाचित अध्यक्ष भुवाईले रेडियोलाई थप उपचाईमा पु¥याउन आफ्नो कार्यकाल जिम्मेवारीपूर्वक लाग्ने प्रतिवद्धता जनाए । समितिका निवर्तमान अध्यक्ष ज्योती श्रेष्ठले कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । समितिको कार्यकाल २ वर्षको रहने छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला