कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, ४ पुस ।
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ ।
कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ ।

निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन ।

समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ ।
मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ ।
कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र लगत्तै मतगणना गरी परिणाम घोषणा गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला