
विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।
फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ता फ्रान्सका किलियन एम्बाप्पे बनेका छन्। जारी विश्वकपमा ८ गोल गरेका एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डनबुट जितेका हुन्। उनले अस्ट्रेलियाविरुद्ध १, डेनमार्कविरुद्ध २, पोल्याण्ड विरुद्ध २ र अर्जेन्टिनाविरुद्ध ३ गोल गरेका थिए।
त्यस्तै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेके लियोनल मेस्सी उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जिते।
उत्कृष्ट गोलकिपर पनि अर्जेन्टिनाकै इमिलिआनो मार्टिनेज बने।
उत्कृष्ट युवा खेलाडी पनि अर्जेन्टिनाकै इन्जो फर्नान्डेज घोषित भए।