आहा ! रारा पोखरा गोल्डकपको प्रत्यक्ष प्रसारणको जिम्मा पब्लिक फोर केलाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
राजधानी बाहिर हुने प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा पोखरा गोल्ड कपको २२ औं संस्करणको प्रत्यक्ष प्रसारणको अधिकार पब्लिक फोर के टेलिभिजनले प्राप्त गरेको छ । पुस १४ गतेबाट हुने आहा ! रारा गोल्डकपको प्रत्यक्ष प्रशारण पब्लिक टिभीर्फत गर्न शुक्रबार सम्झौता भएको हो ।
सम्झौतामा सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) र टिभीका प्रवन्ध निर्देशक मीनबहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
‘२२ औं आहा ! रारा पोखरा गोल्डकपका सम्पूर्ण खेलहरु पब्लिक टिभी, टिभीको आधिकारिक युट्युब च्यानल र डिजिटल मिडियामा प्रत्यक्ष प्रसारण गर्ने कुरामा सहमति भयो,’ सम्झौतामा भनिएको छ ।

पोखराकै प्रतिष्ठा र खेल पर्यटनसँग जोडिएको प्रतियोगितालाई देशविदेशसम्म पु¥याउन पब्लिक टिभीमार्फत सहयोग पुग्ने सहाराका अध्यक्ष हरिरामले बताए ।
आहा राराको प्रतिष्ठा र गरिमालाई अझ उचाइमा पु¥याउनुका साथै गण्डकी प्रदेशलाई आधारभूमि बनाएर पोखराबाट देशैभरि प्रसारण भइरहेको पब्लिक टिभीलाई बिस्तार गर्न यो प्रतियोगिताले सहयोग गर्ने प्रवन्ध निर्देशक क्षेत्रीको विश्वास व्यक्त गरे ।
पुस १२ गतेदेखि हुने भनिएको प्रतियोगिता विशेष कारण १४ गतेबाट सुरु हुने गरी तयारी भएको आयोजक सहाराले बताएको छ ।
प्रतियोगितामा विभागीय टोली र विदेशीसहित १० टिम सहभागी हुने विश्वास पूर्व अध्यक्ष विक्रम थकालीले बताए । यसअघि आहा ! रारा गोल्डकपका रुपमा हुँदै आएको प्रतियोगिता यसपटकदेखि पोखरा पनि थपिएकाले थप ब्रान्डिङ गर्न सहयोगी बन्ने प्रचार प्रसार संयोजकसमेत रहेका पत्रकार दिपेन्द्र श्रेष्ठले बताए ।

राजधानीबाहिर विशिष्ठ प्रविधिलाई आत्मसात गर्दै प्रसारण सुरु भएको पब्लिक टिभीसँगको सम्झौताले टिभी र आहा रारा दुबैलाई बजार बिस्तारमा सहयोग पुग्ने पब्लिकका बजार व्यवस्थापन निर्देशक उदीपराज ढुंगानाको भनाइ छ ।
फुटबलको मोफसल प्रतियोगितामा परिचित आहा ! रारा गोल्डकप अब २२ औं संस्करणबाट पोखरा गोल्डकपका रुपमा खेलाइने भएको छ ।
आयोजक सहारा क्लब पोखरा र मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले मुख्य प्रयोजनसहित नाम पनि नयाँ राख्ने सम्झौता गरेका थिए ।
सहारा र हिमश्रीले २०८९ साल सम्म प्रतियोगिता सञ्चालनका लागि लागि कुल २७ लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको छ ।

‘प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको छ । १२ समूहको सहभागिता रहने अपेक्षा गरे पनि कम्तिमा १० टिम सहभागी हुने छन्,’ पूर्व अध्यक्ष केशव थापाले भने ।
यसअघिको आरा राराको उपाधि विभागीय टिम एपिएफले उपाधि जितेको थियो ।
उपाधिसँगै उसले १० लाख एक हजार र उपविजेता बनेको मनाङ मस्र्याङ्दीले पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र पाएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला