पत्रकार बञ्जारालाई शुसाशन पत्रकारीता पुरस्कार प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

२३ मंसिर,पोखरा ।

लामो समय देखि खोज पत्रकारिता तथा अनुसन्धान मुलक पत्रकारीता गर्दै आएका पोखराका पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारीता पुरस्कार २०७९ बाट सम्मानित भएका छन्।

सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक बञ्जारालाई पत्रकार महासंघ गण्डकीका सचिव यवम सूचनाको हकका लागि जिल्ला  सञ्जाल  कास्कीका अध्यक्ष्य समेत रहेका बन्जाराले देशान्तर साप्ताहिकबाट पत्रकारीता शुरुवात गरेका थिए।

शुसासनका लागि नागरिक समाज(सुनास ) कास्कीले ई स्व लेख बहादुर गुरुङले स्थापना गरेका  अक्षयकोषबाट  सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बर का दिन प्रदान गरिँदै आएको छ।

यस  वर्ष  ९ डिसेम्बर( मंसिर २३) का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग को पोखरा कार्यालयका प्रमूख पार्वती शर्मा सु ना स कास्की का अधक्ष्य रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्र र नगद राशी सहित पुरस्कार प्रदान गरेका थिए।

सुनास कास्कीका पूर्व अध्यक्ष्य चद्र कृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अधक्ष्य विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनोट समितिले पत्रकार बन्जारालाई छनोट गरेका थिए ।

उक्त पुरस्कारबाट दीपक परियार अर्जुन गिरी बासुदेव मिश्र यस अघि सम्मानित भइसकेका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला