एग्रो टुरिजम सहकारीको विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २३ मङ्सिर ।
पोखरा महानगरपालिका वडा नं ३३ ठुलढुङ्गाचोक, गण्डकीवेसी प्रधान कार्यालय भएको एग्रो टुरिजम सहकारी संस्था लिमिटेडले आजदेखि विरौटा सदस्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेशका भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले आर्थिक समृद्धिका लागि उत्पादनसँग जोडिनु बर्तमानको आवश्यकता भएको बताउँदै सहकारीले कृषि र पर्यटनलाई जोड्ने लक्ष्यका साथ अघि बढाएको योजनाको सफलताको कामना गरे ।
सहकारीका अध्यक्ष डिल्लीराम बरालले सहकारीले उत्पादनसँग जोडिदै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको बताउदै सहकारीले कृषि एम्बुलेन्स सञ्चालनको लक्ष्य लिएको बताउँदै एक सहकारी एक उत्पादनको योजना अनुसार उत्पादित बस्तुको बजारीकरणमा पनि जोड दिए ।
उनका अनुसार संस्थाको सुरुको पूँजी चार करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा शेयर सदस्य संख्या ४६७ जना रहेको छ ।

सहकारीका उपाध्यक्ष टीकाराम पौडेलले आँफूहरूको यो अभियान उत्पादन र पर्यटनलाई जोड्ने बताउँदै यसबाट समृद्धि हासिल हुने विश्वास व्यक्त गरे । उनले संस्थाले सहकारी नमुना ग्राम निर्माणको दीर्घकालीन लक्ष्य लिएको जानकारी गराए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष राधिका शाही योगी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्रसर बचत तथा ऋण सहकारी संस्थाका रजनी कोइराला , निरा पोखरेल लगायतले आफ्ना भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला