सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर २२ ।
रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले हरेक अंग्रेजी नया वर्षको अवसरमा आयोजना गर्दै आएको सडक महोत्सवले यस वर्षको महोत्सव पुस १३ गतेदेखि १७ गतेसम्म हुने भएको छ ।
“सडकमै नाचौं, सडकमै खाउँ, सडकै रमाउँ” भन्ने नाराका साथ हुने महोत्सव यो २४ औं श्रृंखलाका रुपमा रहेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ को रूपमा विकास गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको रेवान पोखराले जनाएको छ ।
खहरेदेखि हल्लनचोकहुँदै फिस्टेल गेटसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने आयोजकको भनाई छ ।
कोरोनाको महामारीले एकवर्ष सडक महोत्सव आयोजना नभएको गतवर्ष केवल ३ दिनमात्रै सडक महोत्सव भएको थियो ।
। रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले गत वर्षको महोत्सवले पर्यटनलाई उठाउने प्रयास रेवानले गरेको बताउदै अहिले भने बिस्तारै कोरोनाको त्रास कम भएको र कोरोनाले सुस्ताएको पर्यटनलाई फेरी चलायमान बनाउने ध्येयसहित पाँचदिने सडक महोत्सवको तयारी गरेको जानकारी दिए ।
अध्यक्ष भट्टराईले महोत्सव आयोजना हुन अब झण्डै तीनसाता बाँकी रहेको र महोत्सवको तयारी भने शुरु गरिएको जानकारी दिए । प्रचारप्रसारदेखि प्रायोजक खोज्नेलगायतका कार्यहरु अहिले भईरहेको उनको भनाई छ ।

रेवान पोखराले सडक महोत्सवमा विभिन्न क्षेत्रको भेषभुष, कला सँस्कृतिलाई प्रस्तुत गर्दै आएको छ । यस वर्ष पोखराको सडकमा चीनियाँ कला सँस्कृतिसमेत प्रदर्शन गरिने रेवान पोखराले जनाएको छ । सातै प्रदेशको कला सँस्कृतिसहितको झाँकी प्रदर्शन गरिने छ ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सडक महोत्सव पोखराको पर्यटन चलायमान गराउन कोशेढुंगा सावित हुँदै आएको बताउदै होटल संघले ‘जाँउ है पोखरा’ अभियान र रेवान पोखराको ‘सडक महोत्सव’ले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको बताए । सुवेदीले यस वर्षको सडक महोत्सवले कोरोनाले थला परेको पर्यटनलाई लयमा फर्काउने विश्वास व्यक्त गर्दै सडक महोत्सवमै आन्तरिक पर्यटक ठगिएको गुनासो आउन नदिन मूल्य नियन्त्रण गरिने स्पष्ट पारे । उनले पाँचदिनको कमाईले वर्षदिन नपुग्ने बताउदै आन्तरिक पर्यटक पनि सचेत भएकका छन् त्यसैले पनि होटलहरुको मूल्य नियन्त्रण हुने जानकारी दिए ।

महोत्सवका लागि होटल बुकिङ शुरु भईसकेको आयोजकको दाबी गर्दै तर कोरोना अघिजस्तो अहिले होटल बुकिङ भने भईनसकेको होटल संघ पोखराका अध्यक्ष सुबेदीले बताए । सुबेदीले कोरोना अघि यही समयमा ४० प्रतिशतसम्म होटल बुकिङ भईसक्थ्यो तर अहिले २० प्रतिशत पनि बुकिङ नभएको बताए । उनले कोरोना अघि विदेशी पर्यटकको आगमन सन्तोषजनक रहेको भन्दै कोरोनापछि विदेशी पर्यटकको आगमन न्यून रहेको उल्लेख गरे ।

पाँचदिने महोत्सवमा साँस्कृतिक कार्यक्रम, रात्रीकालिन कन्सर्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, झाँकी प्रदर्शन, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर दौड, डुंगा दौड तथा डोरी तान(टग अफ वार) प्रतियोगिता जस्ता गतिविधि सञ्चालन गरिने छ ।
पाँचदिने महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र ८५ लाख रुपैयाँ आम्दानी हुने छ । १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य रेबान पोखराले लिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला