युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ‘टाइम पर्सन अफ दी इयर २०२२’ को उपाधि

नगेन न्यूज
  • ख-
  • ख+

२२ मंसिर, काठमाडौं ।
सन् २०२२ को ‘टाइम पर्सन अफ दी इयर’को उपाधि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पाएका छन् । विश्वप्रसिद्ध म्यागेजिन टाइमले जेलेन्स्कीलाई उक्त उपाधि दिएको हो ।

यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको आक्रमणको डटेर सामना गर्दै आएका छन् । त्यसैले उनी यो उपाधिका लागि उपयुक्त भएको टाइम म्यागेजिनको निष्कर्ष छ ।

टाइम म्यागेजिनका प्रधानसम्पादक एडवर्ड फेलसेन्थलले युक्रेनको लागि लडाइँ चाहे कसैको डरले होस् वा विश्वासले होस्, भ्लोदोमिर जेलेन्स्कीले यसरी प्रेरित गरेकि, यस्तो हामीले यो दशकमा देखेका थिएनौं भनेका छन् ।
सन् २०२१ का ‘टाइम पर्सन अफ दी इयर’को उपाधि एलन मस्कले पाएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला