आइसीसी विश्वकप लिग–२अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै

नगेन न्यूज
  • ख-
  • ख+

मंसिर २२, काठमाण्डौ ।

आइसीसी विश्वकप लिगको सिरिज अन्तर्गत आज (बिहीबार) नेपालले नामिवियामा स्कटल्याण्डसँग खेल्दै छ। पहिलो खेल वर्षाका कारण रद्द हुँदा एक अंक लिएको नेपालले त्यसपछि लगातार २ खेलमा पराजय भोगेको छ।

आजको खेलमा जित निकाल्दै नामिविया भ्रमण सम्पन्न गर्ने लक्ष्यमा नेपाल रहेको छ। तर, नेपालभन्दा बलियो स्कटल्याण्डसँग जित निकाल्न सहज भने छैन।
नेपाल र स्कटल्याण्डबीचको खेल युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौन २ बजेदेखि सुरुहुने छ।
त्रिकोणात्मक सिरिजमा सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गरेका छन्।

एक दिवसीय मान्यता जोगाउन पनि महत्वपूर्ण रहेको आइसीसी लिग–२ को प्रदर्शन नेपालको खस्कदै गएको छ। जसका कारण नेपालको एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ। नेपाल र स्कटल्याण्ड यसअघि ३ पटक भिड्दा १ पटक मात्रै नेपालले जित निकालेको छ।

नेपाल अहिले ७ टिममध्ये अंक तालिकामा छैटौं स्थानमा छ। ३६ खेल खेल्नुपर्नेमा नेपालले अहिलेसम्म २३ खेल खेलेको छ।

जसमा नेपालको १८ अंक रहेको छ। उता स्कटल्याण्ड भने ३१ खेलबाट ४४ अंक जोड्दै शीर्ष स्थानमा छ। समान ४४ अंक रहेको ओमान रन रेटका आधारमा दोस्रो स्थानमा छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला