आइसीसी विश्वकप लिग २ : नेपाल नामिबियासँग ८६ रनले पराजित

नगेन न्यूज
  • ख-
  • ख+

२२ मंसिर, काठमाडौं ।

आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ। युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित बन्यो।

नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६।५ ओभरमा १८९ रनमा अलआउट बन्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले ४४, दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। ज्ञानेन्द्र मल्ल ३० तथा अर्जुन साउद २९ रनमा आउट भए। नामिबियाका लागि टांगेनी लुंगामेनी, जेजे स्मिथ र नफिदी या फ्रान्सले समान २र२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २७५ बनायो। नामिबियाका लागि मिचेल भान लिन्गेनले १११ बलमा १५ चौका र १ छक्काको सहयोगमा ११९ रनको शतकीय इनिङ खेले।

कप्तान ग्रहार्ड इरास्मसले ७६ बलमा ५३ रनको अर्धशतकीय इनिङ खेले। जान निकोल ४० तथा डेभेन ला कक १८ रनमा आउट भए।

नेपालका लागि ललितनारायण राजवंशीले ४ तथा सोमपाल कामीले २र२ विकेट लिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला