आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले आज नामिबियासँग खेल्दै

नगेन न्यूज
  • ख-
  • ख+

२१ मंसिर, काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ ।

नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए ।
यस्तै दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो ।

घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ । नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो अब पूरा नहुने भएको छ । तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी दुई खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ ।

नेपालले शृंखलाको अन्तिम खेल बिहीबार (भोली) स्कटल्याण्डसँग खेल्नेछ ।

सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला