यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धामा संवेदनशिल बन्न आग्रह

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, मंसिर १६ ।
निल हिरा समाजद्वारा आयोजित यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका मुद्धाहरु बिषयक मिडिया अभिमुखिकरण कार्यक्रम आज (शुक्रबार) पोखरामा सम्पन्न भएको छ ।
निल हिरा समाजकी कार्यक्रम संयोजक अनुज राइ पिटरले यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्धाका निम्ति संवेदनशिल बन्न आग्रह गर्दै यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानजनक व्यवहारको आवश्यकता रहेको बताइन् ।
पिटरले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्धामा हरेक तहतप्का र घरघरमा छलफल गर्न आवश्यक रहेको बताईन् ।

पिटरले अझै पनि समाजमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई होच्याउने, अपशब्द बोल्ने, गालीगलौज गर्ने लगायत शारिरिक र मानसिकरुपमा हिंसा हुने गरेको बताउदै सबै क्षेत्रबाट सम्मानजनक व्यवहार अझै हुन नसकेकाको बताईन् । उनले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पिडा भोग्नुपरेको बताउदै हर्मोन खाएर शरिरमा परिवर्तन ल्याउदा बिभिन्न रोगको सिकार हुन परेको बताईन् ।
पिटरले नागरिकता लिँदा लिङ्गमा अन्य लेख्न पाइने व्यवस्था भएपनि निकै झन्झटिलो र ठूलो विभेद गरिएको बताउदै नागरिकता लिनलाई यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले डाक्टरको प्रमाणपत्र पेश गर्नुपर्ने र डाक्टरलाई निवस्त्र भएर अंगहरु देखाउनु पर्ने जस्ता ठूलो विभेद भएको जनाइन् ।

पिटरले सञ्चारकर्मीलाई यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको मुद्दालाई विशेष प्राथमिकतामा राखेर समाचार लेखिदिन आग्रह गर्दै गोपनियताको ख्याल राखिदिन र अध्ययन गरेरै लेखिदिन अनुरोध पनि गरिन् ।

त्यसैगरि संचारकर्मी बविता बस्नेतले यौनिक तथा लैङ्गीक अल्पसंख्यकका सवालहरु र सञ्चार सम्बन्धका बारेमा प्रष्ट पार्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको एक्लो प्रयासले मात्र मुद्धाहरु स्थापित नहुँने हुँदा अधिकारका निम्ति स्थानीय सरकार तथा सरोकारवाला निकायले जाग्नुपर्ने आग्रह गरिन् ।
बस्नेतले यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग आवश्यक रहेको बताउदै यस समुदायका समस्या, चुनौती र भोग्नुपरेको कानुनी र सामाजिक जटिलतालाई समेत संचारकर्मीहरुले महत्वका साथ उजागर गर्न जरुरी रहेको पनि बताइन् ।
उनले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई बिचारा भन्दा पनि वा यौनलाई मात्र होईन उनिहरुले गरेको राम्रो कार्यको समाचार बनाउनुपर्ने बताईन् । बस्नेतले उनिहरुको स्वतन्त्र जीवनयापन गर्न शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको सवालमा राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले पोखरामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरु आउँदा उनीहरुलाई बस्ने बासको व्यवस्था गर्न सम्मान गृह सञ्चालन गरिएको जानकारी दिदै कुनै काम विशेषले, उपचार गर्न वा आर्थिक समस्या भएका उक्त समुदायका व्यक्तिलाई सहज होस् भनी सम्मान गृह सञ्चालन गरिएको बताईन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला