जनप्रियमा सहायक क्याम्पस प्रमुखको पदस्थापना

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १६ मङ्सिर ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसले सहायक क्याम्पस प्रमुखमा मेखराज पौडेल र रमेशबहादुर खड्कालाई नियुक्त गर्दै शुक्रबार पदस्थापना गरेको छ ।
प्रमुख अतिथि तारा गिरीले खादा र सम्मानार्थ संरक्षक रामप्रसाद बस्ताकोटीले अविर लगाएर क्याम्पस प्रमुखद्वय पौडेल र खड्कालाई कार्यकक्षमा राखी नियुक्तिपत्र दिएर पदस्थापन गराएका थिए ।

पदस्थापन कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले नवनियुक्त सहायक क्याम्पस प्रमखद्वयलाई शैक्षिक कार्यक्रम सुधारका लागि दत्तचित्तले लाग्न र क्याम्पसलाई सधैं केन्दमा राखेर यसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न आग्रह गरे । कसैको दवाव र प्रभावमा नपरी विद्यार्थी र अभिभावकलाई गुणस्तरीय शिक्षाको प्रत्याभूति दिएर क्याम्पसको साख उचो राख्नु नै बधाई र शुभकामना हो भने ।
सम्मानार्थ संरक्षक तथा समितिका सदस्य रामप्रसाद बस्ताकोटीले शुभकामना मन्तव्य दिँदै क्याम्पसको हितमा काम गर्नेहरू कहिल्यै पछि नपर्ने बताए ।

पदभार ग्रहण गर्दै सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले खस्कँदो नतिजालाई उकास्न विद्यार्थी उत्तीर्ण प्रतिशतलाई वृद्धि गर्दै न्युन सहभागिता रहेको आन्तरिक परीक्षालाई प्रभावकारी बनाउने प्रतिवद्धा जनाए ।
अर्थशास्त्रका एमफिल रमेशबहादुर खड्काले क्याम्पसको शैक्षिक तथा प्रशासनिक स्तरवृद्धिका लागि आफ्नो सक्रियता र सकारात्मक भूमिकालाई प्रभावकारी बनाउँदै बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन्. ।

क्याम्पस सञ्चालक समितिको यही मङ्सिर १५ गते बसेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४को सातौं संशोधन २०७६ को नियम ११ अनुसार सहायक क्याम्पस प्रमुख नियुक्त गरिएको हो ।
सहायक क्याम्पस प्रमुख दुवैको कार्यकाल दुई वर्षको तोकिएको छ । पौडेल विहानी सत्र र खड्का दिवा सत्रका लागि सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् ।

क्याम्पस प्रमुख लोकराज भण्डारीको सभापतित्वमा सम्पन्न पदस्थापन कार्यक्रमको सञ्चालन उपप्रशासक एकनारायण अर्यालले गरेका थिए भने सिर्जना विकास केन्द्रका अध्यक्ष कृण्णबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला