बाँके ।
प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर ३ बाट विजयी नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले आफू प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभा बाँके क्षेत्र नम्बर ३ बाट विजयी भएपछि पहिलोपटक पत्रकार सम्मेलनमा राठौरले पार्टी कार्यकर्ताले महामन्त्री गगन थापालाई संगठन बनाउनका लागि मत दिएको बिर्सन नहुने बताउँदै प्रधानमन्त्रीको दाबी पाँच वर्षपछि गर्न सुझाब दिदै आफू प्रधानमन्त्रीका लागि सक्षम र तयार रहेको दाबी गरेका हुन् ।
राठौरले पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने समेत बताए ।
पार्टी र सत्तागठबन्धन दलबीच छलफल नै नगरी प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु असान्दर्भिक हुने उनको भनाई छ ।
राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताउदै सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको दाबी गरे ।
उनले सिक्टा सिँचाइ आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताए । एमालेका कारण सिक्टा सिँचाइ र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उनको दाबी छ ।
नवनिर्वाचित सांसद राठौरले आफूले पद, पावर र पैसाका लागि राजनीति नगरेको स्पष्ट पार्दै काठमाडौंमा घर, घडेरी र गाडी किन्नका लागि राजनीति नगरेको र राष्ट्र र राष्ट्रियताका लागि राजनीतिमा होमिएको बताए ।