लुम्बिनी प्रदेश सभामा एमाले १८ सिट जितेर पहिलो दल

नगेन न्यूज
  • ख-
  • ख+

बुटवल ।
लुम्बिनी प्रदेशको लुम्बिनी प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ ।
प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ ।
नेकपा माओवादी केन्द्रले पाँच सिट जितेर तेस्रो बनेको छ ।

यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान दुई÷दुई सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका तीन जना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।
जनमत पार्टीले पनि एक सिट जितेर प्रदेश सभामा उपस्थिति जनाएको छ ।

यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ ।
लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका छन् ।

यसपटक सत्तारुढ दलहरुबीचको गठबन्धन हुँदा प्रत्यक्षतर्फ नेकपा एमालेले ९ सिट गुमाएको छ भने माओवादी केन्द्रले पनि ९ सिट गुमाएको छ । कांग्रेसले भने गठबन्धनको बलमा नेपाली कांग्रेसले १० सिट थपेको छ ।

दलगत उपस्थिति यस्तो रहेको छ
नेकपा एमाले
१। लिला गिरी रुपन्देही २ (१)
२।भोजप्रसाद श्रेष्ठ रुपन्देही २ (२)
३। तुल्सीप्रसाद चौधरी रुपन्देही ३ (२)
४। भुमिश्वर ढकाल रुपन्देही ५ (१)
५।चिन्तामणि पाण्डे गुल्मी १ (१)
६।डिल्लिराज भुसाल गुल्मी २ (१)
७। दिनेश पन्थी गुल्मी २ (२)
८।राजुप्रसाद श्रेष्ठ पाल्पा १ (१)
९। खेमबहादुर सारु पाल्पा १ (२)
१०।चेतनारायण आचार्य अर्घाखांची १ (२)
११।राजजीप्रसाद घिमिरे अर्घाखांची १ (२)
१२।विष्णु पन्थी कपिलवस्तु १ (१)
१३।मधुशरणप्रसाद चौधरी कपिलवस्तु १ (२)
१४।नवराज लामिछाने कपिलवस्तु २ (१)
१५।अर्जुनकुमार केसी कपिलवस्तु ३ (१)
१६।तुल्सीराम शर्मा प्युठान १ (१)
१७।दुर्गाप्रसाद चौधरी बांके १ (२)
१८।रत्नबहादुर खत्री बांके ३ (१)

नेपाली कांग्रेस

१।विश्वप्रेम पाठक नवलपरासी १ (१)
२।देवकरणप्रसाद कलवार नवलपरासी १ (२)
३।अब्दुल रज्जाक गद्दी रुपन्देही १ (२)
४।वसिउद्दिन खां रुपन्देही ४ (२)
५।सुधाकर पाण्डे कपिलवस्तु २ (२)
६।सरोज थापा (रोज राणा) प्युठान १ (२)
७।अनुराग खड्का दाङ १ (२)
८।राजु खनाल दाङ २ (१)
९।प्रचण्डविक्रम न्यौपाने दाङ २ (२)
१०। डिल्लीबहादुर चौधरी दाङ ३ (१)
११।बादशाह कुर्मी बांके ३ (२)
१२।धनबहादुर केसी रुकुमपुर्व १ (२)
१३।भुवनेश्वर चौधरी बर्दिया १ (१)
१४।जन्मजय तिमिल्सेना बर्दिया २ (१)
१५।बीरबहादुर राना पाल्पा २ (१)
१६।धनेन्द्र कार्की गुल्मी १ (२)
१७।बैजनाथ कलवार जैसवाल नवलपरासी २ (२)

नेकपा माओवादी केन्द्र

१।जोखबहादुर महरा रोल्पा १ (१)
२।इन्द्रजित थारु दाङ १ (१)
३।कृष्णा केसी बांके १ (१)
४।तुलाराम घर्ती पाल्पा २ (२)
५।धनबहादुर मास्की दाङ ३ (२)

जनता समाजवादी पार्टी
१।भण्डारीलाल यादव बाँके २ (१)
२।आदेशकुमार अग्रवाल बाँके २ (२)

लोकतान्त्रिक समाजवादी पार्टी

१।सन्तोष पाण्डे रुपन्देही ३ (१)
२।कन्हैया बनिया रुपन्देही ४ (१)

राष्ट्रिय प्रजातन्त्र पार्टी
१।आशिषकुमार चौधरी रुपन्देही १ (१)
२।जानकीप्रसाद यादव कपिलवस्तु ३ (२)

नागरिक उन्मुक्ति पार्टी
१।राजकुमार चौधरी बर्दिया १ (२)
२।धर्मबहादुर चौधरी बर्दिया २ (२)

जनमत पार्टी
१।चन्द्रकेश गुप्ता रुपन्देही ५ (२)

स्वतन्त्र ( माओवादीका बागी)
१।दीपेन्द्र पुन रोल्पा १ (२)
२।सरुल पुन रुकुमपुर्व १ (१)
३।खड्ग बस्नेत नवलपरासी २ (२)

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला